
काठमाडौँ । काठमाडौँका विभिन्न आर्ट ग्यालरीमा चित्रकला प्रदर्शनी भइरहेका छन् । बबरमहलस्थित नेपाल कला परिषदमा कलाकार प्रियम प्रधान र उहाँको समूह मिलेर बनाएका सिर्जना प्रदर्शन गरिएका हुन् ।
उहाँको कला प्रर्दशनीको शीर्षक ‘रास लिला , द डिभाइन डान्स’ राखिएको छ । शीर्षकअनुसार कलामार्फत महाभारतमा समकालीन कथाहरु प्रस्तुत गरिएका छन् । मूर्तिकला, प्रतिस्थापन कला, चित्रकला, कपडाहरु, सङ्गीत र लघु चलचित्रका माध्यम अपनाएर महाभारतको प्राचीन दर्शन बुझाउन खोजिएको कलाकार प्रधान बताउनुहुन्छ । उहाँका अनुसार प्रदर्शनीको मुख्य उद्देश्य वैदिक दर्शनका कथा र ग्रन्थ प्रयोग गरी युवा वर्गमा यसको महत्व जगाउनु हो ।
बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा काठमाडौँ विश्वविद्यालयका विद्यार्थीले सिर्जना गरेका प्रिन्ट मेकिङ कला प्रदर्शन गरिएका छन् । जसको शीर्षक नै राखिएको छ, ‘इम्प्रिन्टस’ । ललितपुरस्थित एक्युब ग्यालरीमा भने आइतबारदेखि अमेरिकी कलाकार फिल रोविन्सनको एकल चित्रकला प्रदर्शन सुरु भएको छ । ‘नेपाल कहाँ छ ?’ शीर्षकमा उहाँले कोरेका चित्रकलामा कलाको सौन्दर्य वर्णन गर्नुका साथै अवस्था चित्रण गरिएको छ ।
कलाकारले नेपाल घुमेर महसुस गरेका दृश्यलाई क्यानभासमा उतार्नुभएको हो । ग्यालरीका प्रमुख मनिषलाल श्रेष्ठका अनुसार विदेशी कलाकारको नजरमा नेपाल कला नै कलाले भरिएको देश मानिन्छ । त्यसैले चित्रमार्फत नेपाल सुन्दरता र कला कहाँ कति छ नियाल्ने काम अमेरिकी कलाकार रोविन्सनले गर्नुभएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै