
काठमाडौँ । नेपाली सेनाले विशिष्ट व्यक्ति एवं महत्त्वपूर्ण संरचना र प्रतिष्ठान गरी एक सय ५५ स्थानमा सेवा प्रवाह गर्दै आएको छ ।
गत आर्थिक वर्षमा सेनाको बम डिस्पोजल टोलीले एक सय ५८ शङ्कास्पद वस्तु निष्क्रिय पारेको जनाएको छ । सेनाले राष्ट्रिय एकताको प्रवर्द्धनका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा सरोकारवाला निकायसँगको समन्वयमा सांस्कृतिक, धार्मिक, ऐतिहासिक महत्वका गढी र किल्लाको संरक्षण गर्दै आएको छ । राष्ट्रिय एकीकरणका बेला प्रयोग भएका ऐतिहासिक पदमार्गको पहिचान गरी तिनको सम्भार र संरक्षण पनि सेनाले गरिरहेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताउनुभयो ।
विपद् व्यवस्थापनमा पनि अग्रपङ्क्तिमा रहेर नेपाली सेनाले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको उहाँले सुनाउनुभयो । सङ्घ र प्रदेशमा अभ्यास हातेमालो र देशका सबै जिल्लामा सरोकारवाला र सुरक्षा निकायको समन्वयमा प्रत्येक वर्ष ‘अभ्यास मनसुन’ सञ्चालन गरिरहेको छ । त्यस सिलसिलामा एक सय २५ सामुदायिक विपद् प्रतिकार्य तालिम र अभ्यासमार्फत एक वर्षमा तीन हजार तीन सय ९० जनालाई प्रशिक्षण दिएको उहाँले बताउनुभयो ।
विपद् प्रतिकार्य योजनाअनुसार अत्याधुनिक स्रोत साधनसहित एक हजार एक सय २६ जनालाई विपद् व्यवस्थापनसम्बन्धी विशेष तालिमप्राप्त जनशक्ति मुलुकका २२ स्थानमा परिचालन भएका छन् ।
प्राकृतिक र मानव सिर्जित डढेलो, पहिरो, बाढी, डुबान र दुर्घटनाबाट हुनसक्ने जनधनको क्षति कम गर्न चार हजार चार सय ३८ जना परिचालन भएका छन् ।
एक सय ५४ सुत्केरीको उद्धार
नेपाली सेनाको हवाई साधनबाट भएका उडानमध्ये ८५ प्रतिशत उद्धारमा प्रयोग भएका छन् गत आर्थिक वर्षमा गैरसैनिक नागरिक उद्धार एक सय ५४ वटा भएका थिए ।
सेनाले राष्ट्रिय सुरक्षासँगै विपद् व्यवस्थापन, राष्ट्रिय विकास, आन्तरिक सुरक्षा, अन्तर्राष्ट्रिय शान्ति कार्य, वन तथा पर्यावरण सुरक्षा, ऐतिहासिक धरोहरको संरक्षण, राष्ट्रिय एकता प्रवर्द्धन र आपत्कालीन खोज तथा उद्धारमा आफूलाई समर्पित गर्दै आएको छ ।
मुलुकको प्रमुख राष्ट्रिय सुरक्षा सङ्गठन नेपाली सेनाले नागरिकलाई प्रत्यक्ष सेवा प्रदान गर्ने सिलसिलामा निःशुल्क स्वास्थ्य शिविर, सचेतानामूलक कक्षा, रक्तदान, सर्पदंश उपचार र श्रमदान कार्यमा समेत सहयोग पुर्याइरहेको छ । सेनाले वन तथा वन्यजन्तु संरक्षणका लागि आठ हजार एक सय ३६ फौज राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणको सुरक्षामा खटाएको छ । त्यसक्रममा हालसम्म एक सय १६ जनाले वीरगति प्राप्त गरेका छन् ।
१६ लाख वृक्षरोपण
सेनाले वन तथा पर्यवारण संरक्षण गर्ने क्रममा हालसम्म १६ लाख १८ हजार पाँच सय ७५ विरुवा रोपिसकेको छ । देशको महत्त्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा रहेका हिमालको सौन्दर्य कायम राख्न सेनाले प्रत्येक वर्ष सफा हिमाल अभियान सञ्चालन गरी त्यस क्षेत्रबाट फोहर सङ्कलन गर्दै आएको छ । पछिल्ला वर्षमा सेनाले ऐतिहासिक तालतलैयाको संरक्षण र संवर्द्धनमा पनि नागरिकसँग हातेमालो गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन