+

लमजुङ अदालतद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट

लमजुङ ।  बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अदालत लमजुङले लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । अदालतले आर्थिक वर्ष २०८० र ८१ मा लक्ष्यभन्दा १  सय ५ मुद्दा बढी फछ्र्यौट गरेको हो । 

अदालतका श्रेस्तेदार भेषराज पौडेलका अनुसार वार्षिक फछ्र्यौट लक्ष्य ५ सय ७४ मुद्दा रहेकामा गत आवमा ६  सय ७९ फछ्र्यौट गरिएको छ । गत आवमा अदालतले लक्ष्यको आधारमा एक सय १८ दशमलव २९ प्रतिशत प्रगति गरेको उहाँले बताउनुभयो । एक हजार २४ यथार्थ लगत रहेकामा ६ सय ७९ वटा मुद्दा फछ्र्यौट भएको भन्दै वास्तविक लगतको आधारमा ६६ दशमलव ३० प्रतिशत प्रगति भएको जानकारी दिनुभयो ।

श्रेष्तेदार पौडेलका अनुसार गत आवमा ७ सय ५१ वटा नयाँ मुद्दा दर्ता भएका थिए भने आव २०७९ र ८० बाट जिम्मेवारी सरेर आएका २ सय  ७३ गरी १ हजार २४ मुद्दा फछ्र्यौट गर्नुपर्ने थियो ।

जिम्मेवारीबाट सरेर आएका २ सय ३७ मुद्दा फछ्र्यौट भएका छन् । चालु आर्थिक वर्षमा ३६ मुद्दा सरेर आएका अदालतले जनाएको छ । अदालतका अनुसार नयाँबाट तीन सय नौ मुद्दा सरेको र चालु आवमा ३ सय ४५ वटा मुद्दा टुङ्ग्याउनुपर्ने छ । 

जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलले अदालतका कर्मचारीको लगावका कारण लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट भएको बताउनुभयो । जिल्ला अदालतले दुई वर्ष बढीका मुद्दा नराख्ने भने पनि प्रमाण जुटाउन नसक्दा दुई वटा मुद्दाको फछ्र्यौट हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

न्यायाधीश पौडेलले न्याय सम्पादनमा कुनै कमी आउन नदिन आफूसहित कर्मचारीेले सधैँ एकआपसमा समन्वय गरी काम गरिरहेका बताउनुभयो । जिल्ला अदालतलाई मुलुककै समयसापेक्ष न्याय सम्पादन गर्ने सूचीमा लैजाने योजना अनुसार कार्यसम्पदान गरिरहेको उहाँले जानकारी दिनुभयो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट