
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा आठौँ वर्षाबास तथा धार्मिक अनुष्ठान शुरवात भएको छ ।
लुम्बिनीस्थित राजकीय बौद्ध विहारमा आइतबार आयोजित कार्यक्रममा विहारका संरक्षक भीक्षु सागर धम्मले शील पाठ गरेर वर्षाबासको आरम्भ गर्नुभयो । भिक्षु धम्मले वर्षाबास कार्यक्रमले बुद्धको उपदेशको ज्ञान लिन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘नेपालीलाई विश्वभर बुद्धको देशका मानिस भनेर चिनिन्छ । यसैले पनि सबै नेपालीले बुद्धको ज्ञान लिनु आवश्यक छ ।’ लुम्बिनी आधात्मिक केन्द्र भएको उल्लेख गर्दै उहाँले लुम्बिनीबाट के पाएँभन्दा पनि के दिएँ भनेर सोच्नुपर्ने बताउनुभयो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले विभिन्न समयमा लुम्बिनीको पहिलो राजकीय बौद्ध विहार भत्काउने विषय उठ्ने गरेको जनाउँदै बुद्ध जन्मेको स्थानमा बुद्ध विहार भत्काउँदा संसारभर राम्रो सन्देश नजाने बताउनुभयो । उहाँले विहारलाई लुम्बिनी विकास गुरुयोजनाभित्र राखेर पुन निर्माण गर्न सरोकार भएकाहरूलाई सुझाव दिनुभयो । उहाँले लुम्बिनीमा रहेका अधिकांश गुम्बा र विहार स्थानीयसँग जोडिन नसकेको दुखेसो गर्नुभयो ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले विश्व समुदायको हितका लागि शान्ति पहिलो शर्त भएकाले शान्ति प्राप्तिका लागि समुदायस्तरमा बुद्ध शिक्षा पुर्याउनुपर्नेमा जोड दिनुभयो । विभिन्न समयमा हुने यस्ता धार्मिक अनुष्ठानले धार्मिक सहिष्णुता जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
वर्षातको ३ महिना प्रतिकूल मौसमका कारण धर्मयात्रा गर्न असहज हुने भएका कारण उपासक–उपासिकासहित भिक्षुहरू सुरक्षित स्थानमा बसेर धार्मिक अनुष्ठानमा सरिक हुने प्रक्रियालाई वर्षाबास भनिन्छ । साउन पूर्णिमादेखि शुरु भएको वर्षाबास तीन महिनापछिको पूर्णिमामा समापन हुनेछ । वर्षाबास कार्यक्रम व्यवस्थापनको जिम्मा बौद्ध महिला समितिले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै