
अर्घाखाँची । सदरमुकाम सन्धिखर्कस्थित पाणिनि वेद विद्याश्रम सञ्चालनका लागि पशुपति क्षेत्र विकास कोषले ३० लाख रुप्रयाँ अनुदान प्रदान गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको पहलमा पशुपति क्षेत्र विकास कोषले संस्कृत विषय अध्यापन हुने विद्याश्रमलाई अनुदानस्वरुप ३० लाख प्रदान गरेको हो । राज्यमन्त्री सिर्पालीले सोमबार यहाँ आयोजित एक कार्यक्रममा उक्त रकमको चेक विद्यालयका प्रधानाध्यापक भेषराज चुदाँलीलाई हस्तान्तरण गर्नुभयो । अक्षयकोष स्थापना गरी विद्यालयको खर्च चलाउने प्रधानाध्यापक चुदालीले बताउनुभयो ।
पाणिनि वेद विद्याश्रम सञ्चालनका लागि सबै स्थानीय सरकारको ध्यान जान जरुरी रहेको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभएको छ । कक्षा ६ देखि १० सम्म पढाइ हुने वेदविद्याश्रममा ४५ जना वटुक अध्ययनरत छन् ।
अष्ट चिरञ्जीवीको पूजा गरेर आफ्नो जन्मोत्सव मनाउने नेपालको मौलिक संस्कृति क्रमशः लोप हुँदै गएको तथा केक काटेर जन्मदिन मनाउने गलत परम्पराको थालनी भएको अवस्थामा संस्कृति र संस्कारको संरक्षणमा विद्याश्रमबाट योगदान पुगेको सन्धिखर्क नगरपालिकाका नगर शिक्षा अधिकृत मञ्जु आचार्यले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल