+

प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–२ निवासी ४२ वर्षीय सुस्मा श्रेष्ठको प्रहरीले चलाएको मोटरसाइकलले ठक्करबाट मृत्यु भएको हो ।  जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसारसाउन ४ गते वडा नम्बर २ बाइपास रोडमा पैदलयात्री श्रेष्ठलाई ना २१ प १७१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । 

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार सूर्य न्यौपानेले महिलालाई ठक्कर दिएका हुन् । उनको उपचारका क्रममा आज चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट