+

राष्ट्रपतिलाई दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेललाई दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद प्रदान गरिएको छ । 

दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई महाप्रसाद प्रदान गरेको हो ।  

भीमेश्वर मन्दिरको मूर्तिमा पसिना आएपछि पसिना पुछेको कपास महाप्रसादका रुपमा राष्ट्रप्रमुखलाई बुझाउने चलन छ । राष्ट्रप्रमुखलाई महाप्रसाद बुझाएपछि साइत जुराएर विधिपूर्वक क्षमापूजा गरिन्छ । शनिबार दिउँसो भीमसेनको मूर्तिको बायाँ भागमा पसिना आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट