
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले एक वर्षमा ११ किलोमिटर सडक स्तरोन्नति गरेको छ । आव २०८०/८१ मा सडक ग्राभेल तथा स्तरोन्नति गरेको हो । नगरपालिकाका ग्रामीण क्षेत्रका सडकको स्तरोन्नति हुँदा कृषिउपज बजारसम्म ढुवानी गर्न सहज भएको छ ।
नगरपालिकाका १२ वटै वडाका सडक स्तरोन्नति गर्ने, खाल्डाखुल्डी पुर्ने काम भइरहेको नगरपालिकाका पूर्वाधार विकास शाखाका प्रमुख दिपक धामीले बताउनुभयो । उहाँका अनुसार आव २०८०/८१ मा नगरपालिकाले १७ दशमलव चार किमी सडक ग्राभेल गरेको छ । ११ दशमलव ३५ किमी सडक स्तरोन्नति गरिएको छ । सडक नभएका क्षेत्रमा नौ दशमलव ९४ किलोमिटर सडक ट्रयाक खोलिएको छ ।
नगरपालिकाको आर्थिक स्रोत थोरै हुँदा सडक कालोपत्र करिब एक किमी मात्र गरिएको छ । सडक छेउमा पानी निकासका लागि नाली निर्माण गरिएको छ । विगतमा वर्षाका बेला नगरपालिकाका ग्रामीण क्षेत्रमा सडक सुधार नहुँदा हिलाम्मे हुने गरेका थिए । नगरपालिकामा जनप्रतिनिधि आएपछि सडक सुधार नगरिँदा आवागमनमा सुविधा भएको स्थानीय रामबहादुर डगौराले बताउनुभयो ।
‘ग्राभेल मात्रै नगरपालिकाले ७ वर्षदेखि गर्दै आएको छ’ उहाँले भन्नुभयो– ‘यो पहिला पनि हुन्थ्यो, अब सडक कालोपत्र गरिनुपर्छ, नगरपालिकाको आन्तरिक बजेटले नभ्याउने भए प्रदेश र सङ्घीय सरकारलाई गुहार्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै