
म्याग्दी । बेनीनगरपालिका–९ गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रममा गलेश्वर शिवालयमा सङ्कलन भएको भेटीघाटी र दाताले दिएको रकमबाट प्रेक्षालय निर्माण भएको छ ।
ज्येष्ठ नागरिक आश्रम परिसरमा रहेको सामुदायिक स्वास्थ्य एकाइको भवनमा तला थप गरेर सुविधा सम्पन्न प्रेक्षालय निर्माण गरिएको गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनले बताउनुभयो । भवन निर्माणका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषबाट १५ लाख र आश्रमको कोषबाट ३ लाख ४९ हजार ६ सय ५० रुपैयाँ प्राप्त भएको अध्यक्ष पुनले बताउनुभयो । प्रेक्षालयको क्षमता एक सय ५० जनाको हो । हाल ४८ जना ज्येष्ठ नागरिक भवनमा आश्रित छन् ।
प्रेक्षालयका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) को कतारस्थित गण्डकी प्रदेश समन्वय परिषद्ले ५० हजार रुपैयाँ बराबरका फर्निचर प्रदान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै