
काठमाडाँ । नेपालमा बढ्दो विपद् व्यवस्थापनको पूर्वतयारी र क्षति न्यूनीकरणलाई थप प्रभावकारी बनाउन सरोकार भएका निकायबीच समन्वय बढाउनुपर्नेमा जोड दिइएको छ ।
आज आयोजित ‘विपद् फोकलपर्सन’ बैठकमा सहभागी वक्ताले विपद् व्यवस्थापनका लागि तीनै तहका सरकार र अन्य सरोकार भएकाबीच सहकार्य र समन्वय बढाउनुपर्नेमा जोड दिएका हुन् ।
विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना (सन् २०१८–२०३०) अनुगमन तथा समीक्षाका सम्बन्धमा विभिन्न सङ्घीय मन्त्रालय, निकाय, विभाग एवं काठमाडौँ उपत्यकाभित्रका सबै स्थानीय तहका ‘विपद् फोकलपर्सन’बीच छलफल भएको हो ।
विपद् व्यवस्थापनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ, राष्ट्रिय रणनीतिक कार्ययोजनाको अवस्था लगायत विषयमा जानकारी लिन र आगामी योजना तय गर्ने उद्देश्यले फोकल व्यक्तिबीचमा छलफल आयोजना गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिनुभयो ।कार्ययोजनालाई सबै मन्त्रालय र निकायले समान रुपमा प्राथमिकतामा राखेर समन्वय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
छलफलको उद्घाटन समारोहमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले रणनीतिक कार्ययोजनालाई सफल बनाउनु हामी सबैको कर्तव्य भएको भन्दै यसका लागि एक व्यक्ति वा संस्थाले मात्रै सम्भव नहुने हुँदा सबैको प्रभावकारी भूमिकाको अपेक्षा रहेको बताउनुभयो ।
समारोहमा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसालले शहरी क्षेत्रमा मानव सिर्जित जोखिम बढ्दो अवस्थामा रहेकाले न्यूनीकरणका लागि सबै सम्बन्धित निकायको समन्वययात्कम पहल आवश्यक रहेको बताउनुभयो ।
गृह मन्त्रालय विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख, सहसचिव डा भीष्मकुमार भुसालले विकासका कार्य अगाडि बढाउँदै गर्दा विपद् पनि आउँने भएकाले अब विकासका कार्य गर्दा विपद् न्यूनीकरणलाई पनि समाविष्ट गर्दै लैजानुपर्ने बताउनुभयो ।
प्राधिकरणका सहसचिव अर्जुनकुमार बमले कार्यक्रमका उद्देश्यमाथि प्रष्ट पार्दै छलफलका विषयबारे जानकारी दिनुभएको थियो । विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना (सन् २०१८–२०३०) विपद् उत्थानशील समुदाय निर्माण गर्दै दीगो विकासका लक्ष्य हासिल गर्न सहयोग पु¥याउने सन्दर्भमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न सरकारको प्रतिबद्धतासहितको राष्ट्रिय दस्ताबेज हो ।
दस्तावेजले विगतको अनुभव, जलवायु परिवर्तन लगायत कारणले देखिएका असरबाट पाठ सिक्दै विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन