
रुकुम । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आठबिसकोट नगरपालिकाका बाढी प्रभावितलाई तत्काल राहत दिइने बताउनुभएको छ ।
आठबिसकोट– ११ र १२ का बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण पछि स्थानीयसँग छलफल गर्दै बाढी प्रभावितलाई तत्काल राहतको व्यवस्थापन गरिने उल्लेख गर्नुभयो ।
सोेमबार राति आठबिसकोट–११ को सिमबजार र वडा नम्बर १२ को झिनचौरमा आएको बाढीले मानवीयसँगै भौतिक संरचनामा क्षति पुर्याएको थियो । प्रभावित स्थानको अवलोकन गर्नुका साथै बाढीमा परी घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको मन्त्रीका प्रमुख स्वकीय सचिव सुन्दर शर्माले बताउनुभयो ।
बाढीले निम्त्याएको घटनाको विस्तृत अध्ययन, उद्धार, राहत तथा व्यवस्थापनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै तत्काल सरकारले राहतको व्यवस्थापन गर्ने मन्त्री केसीले प्रतिवद्धता जनाउनुभयो । साथै घाइते भएकाहरुको उपचारमा सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो । मनसुनजन्य विपद्बाट सुरक्षित रहन सर्तकता अपनाउन पनि उहाँले जिल्लावासीलाई आग्रह गर्नुभयो ।
सोमबार राति गिजागार खोलामा आएको बाढीले खोला किनारमा अस्थायी आवासमा बसोबास गर्ने दश वर्षीया हितमाया पुन, आठ वर्षीया धनुसा पुन र चार वर्षीया मनिषा सार्कीको मृत्यु भएको थियो । बाढीले बगाउँदा सोही ठाउँका ३८ वर्षीय डिल्लीबहादुर बुढाथोकी बेपत्ता हुनुभएको छ । उहाँको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बाढीका कारण ९ जना घाइते भएका छन् , दर्जनबढी घर क्षति भएका छन् । साथै सडक, विद्युत्, खानेपानीका पाइपमा क्षति पुग्दा स्थानीयलाई समस्या भएको आठबिसकोट नगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै