प्रतिनिधिसभामा गणपूरक सङ्ख्या नपुगेपछि भएन विधेयक पेश
१० फागुन २०८०, बिहिवार
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । आफूखुशी कार्यालयमा गैरहाजिरीमा रहेका र खोजतलास गर्दा पनि सम्पर्कमा नआएका १८ जना प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।