छुटाउनुभयो कि?

तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

कञ्चनपुर । मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गर्नुभएको छ बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले । तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गर्नुभएका उहाँले तरकारीखेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन सफल हुनुभएको छ । उहाँले छोरा रविनलाई भारतको चण्ढीगढमा सफ्टवेयर इन्जिनियर पढाइरहनुभएको छ । छोरी रविना चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरिरहनुभएको छ ।

+