Breaking News

सिन्धुलीमा महिलालाई पोलमा बाँधेर कुटपिट, पतिसहित ७ जना पक्राउ

सिन्धुली । सिन्धुलीमा महिलालाई पोलमा बाँधेर क्रुद्ध तवरले कुटपिट भएको छ । कमलामाई नगरपालिका–४, सिन्धुलीकी शारदा थापालाई पतिले आफ्नो लेनदेन बिग्रिएको बेला डिभोर्स गर्न खोजेपछि पोलमा बाँधेर बेहोस हुने गरी कुटपिट गरेको  हो । कुटपिटमा संलग्न शारदाकी पति सन्तोष थापासहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।