+

संक्रमणकालीन न्याय विधेयकबारे प्रमुख दलका नेताहरुको छलफल सकारात्मक


काठमाडौं ।प्रतिनिधिसभाको समितिमा विचाराधीन अवस्थामा रहेको संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकप्रति प्रमुख ३ दल सकारात्मक भएका छन् ।  शीर्षसहितका नेताहरुको सोमबार साँझ भएको छलफलपछि संक्रमणकालीन न्याय विधेयकप्रति प्रमुख दल सकारात्मक देखिएका हुन् । 

बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक लामो समयदेखि प्रतिनिधिसभाको समितिमा विचाराधीन अवस्थामा  छ । विधेयकका अन्तर्वस्तुमा प्रमुख दलबीच सहमति नजुट्दा अहिलेसम्म विचाराधीन अवस्थामा थन्किएको हो ।  विधेयकमा सरकारले गरेका केही प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असहमति जनाएपछि विधेयक प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा अड्किरहेको छ । त्यसबारे सत्ता र प्रतिपक्षका शीर्ष नेताहरुबीच विभिन्न पटक छलफल हुँदै आएको छ । तर छलफल अहिलेसम्म टुंग्गोमा पुग्न भने सकेको छैन । सरकारको नेतृत्व गरिरहेको माओवादीले  संक्रमणकालीन न्याय आफ्नो अनुकूल हुने गरी तत्कालै टुंग्याउन चाहेको छ । तर त्यसमा प्रमुख प्रतिपक्ष एमालेले असहमति जनाउँदै आएको छ । संसदको ठूलो दल नेपाली कांग्रेसले भने विधेयकप्रति सहमति वा असहमतिको ठोस निर्णय प्रस्तुत गर्न सकिरहेको छैन । यही कारणले विधेयक अहिलेसम्म विचाराधिन अवस्थामा अड्किएको हो । 

प्रधानमन्त्री पुष्कमकल दाहाल आफ्नो कार्यकालमै विधेयक माओवादीको पक्षमा हुने गरी टुंग्याउने योजनामा लाग्नु भएको छ । प्रधानमन्त्री दाहालले केही महिनायता त्यसबारे शीर्ष नेताहरुबी छलफल गर्दै आउनुभएको छ । यही क्रममा सोमबार पनि छलफल गरिएको हो ।  बैठकमा सहभागी नेताहरुले सोमबारको प छलफल कारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सरकार पीडितमैत्री कानुन बनाउन तयार भएपछि सोमबारको छलफल सकारात्मक बताउनुभयो ।  ‘पीडितमैत्री कानुन बनाउन सरकार तयार भएको छ, त्यो आधारबाट अगाडि बढ्दा हामी सहमतिको नजिक नजिक छौं’ उहाँले भन्नुभयो ।   यो विषयमा शीर्ष नेताहरुबीच अझै छलफल हुने उहाँको भनाई छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट