
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँ सुन तस्करीको संरक्षक भएको भन्दै आक्रोशपूर्ण अभिव्यक्ति दिनुभएको छ ।
सोमबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले आफूले सुन तस्करहरुको प्रमाण दिँदा पनि तस्कारलाई कारबाही नगरेर गृहमन्त्री आफैँले तस्करको संरक्षण गरेको आरोप लगाउनु भएको हो ।
उहाँले सुन तस्करीको प्रमाण आफूले सिंहदरबारस्थित गृहमन्त्रीकै क्याबिनमा पुगेर देखाएको तर गृहमन्त्रीले बेवस्ता गर्नुभएको दाबी गर्नभयो ।
त्यस्तै, सभापति लामिछानेले एक सहकारीसँग आफूलाई जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको पनि दाबी गर्नुभएको छ । सुर्यदर्शन सहकारी र ग्यालेक्सी टेलिभिजनबारे आएको समाचार पूर्वाग्रहपूर्ण भएको उहाँको दावी छ ।
लामिछाने ग्यालेक्सी टेलिभिजन मै रहँदा सूर्यदर्शन सहकारीबाट एक करोड रकम पेस्की लिएको र त्यो फिर्ता नगरेको भन्ने समाचारहरू बाहिरिएका छन्। उक्त समाचार भ्रमपूर्ण रहेको सभापति लामिछानेको टिप्पणी छ ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको नारायणगढबाट बुटवलसम्म पैदलयात्रा सुरु गरेको छ। नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले रास्वपाले आजदेखि दबाबमूलक पैदलयात्रा सुरु गरेको हो।
‘रास्वपाको दबाबयात्रा’ नाम दिइएको पैदलयात्रा चितवनको नारायणगढ पुल्चोकबाट सुरु भएको हो। ३ दिनसम्म चल्ने यात्राका क्रममा ११३ किलोमिटर दूरी पार गरिने रास्वपाले जनाएको छ।
यात्रामा सभापति लामिछानेसहितका नेता र सांसदहरू सहभागी छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम
- मनाङमा सार्वजनिक बस सेवा शुरु
- सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्यो
- कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा
- दिगो विकास कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब आवश्यक
- मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग