
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको असफताको कारण जनतामा निरासा बढेको बताउनुभएको छ ।
एमालेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’का उपलब्धि सार्वजनिक गर्न आइतबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकारकै कारण जनतामा विभिन्न भ्रम उत्पन्न भएको उल्लेख गर्नुभयो । त्यसलाई चिर्न एमालेले संकल्प यात्रा गर्नुपरेको ओलीको भनाई छ । ‘सरकारका असफलताका कारणले पैदा भएका निरासाजन्य कुराहरूले मानिसहरू हतोत्साहित भएको छन्। त्यस स्थितिको फाइदा लिएर अवाञ्छित खालका व्यवहारलाई अगाडि बढाउने प्रयास थियो’ कार्यक्रममा उहाँले भन्नुभयो– त्यो प्रयासलाई यो यात्राले अर्थहीन बनाइदियो। गलत भाष्यहरू तयार गरिएको थियो त्यस्ता भाष्य कहिले कहिले तयार गर्न खोजिन्छ। धेरै पछि पनि त्यस्ता प्रतिगमनलाई फर्काउने प्रयास गर्छन्।’
अध्यक्ष ओलीले मुलुकमा यतिखेर राजनीतिलाई फेरि हिंसा र उत्तेजनातिर फर्काउने प्रयास भइरहेको र त्यसलाई निस्तेज पार्न एमाले लागेको बताउनुभयो । ‘ सामाजिक एकता बिथोल्ने खालका विभिन्न प्रयास भएका छन्, ती कुरा अबको नागरिक चेतनामा सम्भव छैन’ उहाँले भन्नुभयो ‘अबको जिम्मेवार राजनीतिक दलहरूले दह्रो खुट्टा टेकेर आफ्नो भिजन राख्नुपर्छ। जनता स्पष्ट छन्। त्यो कुरा यो यात्राले देखाएको छ।’
ओलीले एनसेल किन्ने व्यापारीलाई आफूले पनि चिनेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । प्रधानमन्त्रीले संसदको राज्य व्यवस्था समितिको छलफलमा एनसेलको शेयर खरिदकर्तालाई आफूले राम्रोसँग चिनेको बताउनुभएको थियो । प्रधानमन्त्री दाहालले आफू पत्नी सीताको उपचारका लागि सिंगापुर जाँदा उनीहरु कहाँ बसेको जानकारी गराउँदै पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र ओली पनि त्यहाँ गएको बताउनुभएको थियो । ओलीले प्रधानमन्त्री दाहालको त्यो भनाईप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । ‘तपाईँहरुको सरकारले यस्तो बेथिति गरेछ नि भन्दा त्यो बेथिति गर्यो भन्ने व्यापारीलाई केपी ओली पनि चिनेको छ नि भन्छन्’ ओलीले प्रधानमन्त्रीप्रति व्यंग्य गर्नुभयो– ‘केपी ओलीले नेपालका ब्यापारी किन चिन्दैन ? चिन्छ नि त । व्यापारी चिन्नु र बेथिति गर्नु एउटै कुरा हो ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम
- मनाङमा सार्वजनिक बस सेवा शुरु
- सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्यो
- कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा
- दिगो विकास कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब आवश्यक
- मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग
- सिंहदरबार आसपास प्रहरीको ब्यारिकेड, सवारी संचालनमा पूर्ण रोक