
सिन्धुली । सिन्धुलीमा महिलालाई पोलमा बाँधेर क्रुद्ध तवरले कुटपिट भएको छ । कमलामाई नगरपालिका–४, सिन्धुलीकी शारदा थापालाई पतिले आफ्नो लेनदेन बिग्रिएको बेला डिभोर्स गर्न खोजेपछि पोलमा बाँधेर बेहोस हुने गरी कुटपिट गरेको हो । कुटपिटमा संलग्न शारदाकी पति सन्तोष थापासहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रमुख राजकुमार सिलवालले पतिले आफ्नो लेनदेन बिग्रिएको बेला डिभोर्स गर्न खोजेपछि शारदालाई क्रुद्ध तवरले कुटपिट गरेको त्यसमा संलग्नहरुलाई पक्राउ गरिएको जानकारी दिनुभएको छ । ‘शारदालाई बाँधेर राखेकै अवस्थामा हामीले उद्दार गरेर ल्याएर सेफ होममा राखेका छौँ’ उहाँले भन्नुभयो – घटनामा संलग्न उनका श्रीमानसहित ७ जनालाई पक्राउ गरेका छौं । ‘उद्दार गरेर ल्याउँदा उहाँ बेहोस अवस्थामा हुनुहुन्थ्यो, शरीरमा निलडाम छन् ।’
प्रहरी प्रमुख सिलवालका अनुसार विगतमा जग्गाको कारोबार गर्दै आएका शारदाका पति सन्तोषले गाउँका केही व्यक्तिसँग ऋण लिएका थिए । पछिल्लो समय उनको कारोबार बिग्रिएको छ । यहीबेला शारदा डिभोर्सको लागि अदालतसम्म पुगेकी थिइन् । त्यसपछि पति सन्तोषसहित गाउँका केही व्यक्तिले शारदालाई बाँधेर कुटपिट गरेको हो । शारदाले केही दिनअघि आफूलाई पतिले अपहरण गरेको भन्दै प्रहरी कहाँ जानकारी गराएकी थिइन् । आफूलाई सिस्नु पानीले हान्नेको समेत उनले प्रहरीलाई बताएकी थिइन् । तर, त्यसपछि उनको मोबाइल समेत अफ भयो । ‘उजुरी गलत रहेछ कि क्या हो भन्ने भइरहेको थियो’ प्रहरी प्रमुख सिलवालले भन्नुभयो – अन्य माध्यमबाट बुझ्ने प्रयास गरिरहेका थियौं । ‘त्यहीबेला शारदाकी दिदी आएर कुटपिट गरिरहेको भनेपछि म आफैं त्यहाँ पुगेँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- फ्रि वाईफाईको नाममा वर्ल्डलिंकको बदमासी, नियामक निकाय मौन !
- रास्वपाका सांसदहरु निलो रिबन लगाएर संसदमा आएकोमा कांग्रेसको नियमापत्ति
- प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै मुस्ताङ
- वर्षाका कारण विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी