
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगे पनि गाउँ रित्तिदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले मंगलबार ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गाउँ रित्तिने अवस्थाको समाधान खोज्न आग्रह समेत गर्नुभएको छ ।
‘लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुत त्यसको उपभोग गर्ने नागरिकको अभावमा गाउँ किन रित्तिदै छन् ? उहाँले भन्नुभयो– नीति निर्माण र शासनसत्तामा बस्ने लगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ । राष्ट्रपतिले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ नेपाली नागरिक ताँती लागेर विदेशिने क्रमलाई रोक्ने गरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी रहेको बताउनभुयो ।
राष्ट्रपतिले कुनै पनि देशको शिक्षा सामाजिक, आर्थिक अवस्था र आवश्यकताअनुरुप निर्धारण हुनुपर्नेमा जोड दिँदै बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पु¥याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति तथा कार्यक्रम निर्माण गर्न सुझाव दिनुभयो । ‘यसका लागि सामूहिक प्रयत्न जरुरी छ, जसको थालनी उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाबाट हुन आवश्यक छ’ उहाँले भन्नुभयो ।
देशकै पुरानो शिक्षण संस्था सरस्वती बहुमुखी क्याम्पसको वार्षिकोत्सवमा उपस्थित हुन पाउँदा राष्ट्रपति पौडेलले खुसी व्यक्त गर्नुभयो । उहाँले सोही क्याम्पसमा अध्ययन गर्नुभएको थियो । ‘मेरो जीवनको ऊर्जावान समय र मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा यस क्याम्पसमा पढ्दा मेरो सहभागिता रहेको थियो’ उहाँले भन्नुभयो– ‘म भित्र रहेको राजनीतिक चेतलाई प्रखर बनाउन यस क्याम्पसको वातावरणले दिएको ऊर्जा र प्रेरणा मेरा लागि सदा स्मरणीय रहनेछ ।’
सबै नेपालीका छोराछोरीले शिक्षा प्राप्त गर्न अत्यन्त कठिन भइरहेका ती दिनमा पनि सस्तो सुलभ ढङ्गले उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गरेको सरस्वती क्याम्पस नेपालको शिक्षा क्षेत्रका लागि प्रेरणाको स्रोत बनेको राष्ट्रपतिले उल्लेख गर्नुभयो । ‘क्याम्पससँग अहिलेको अवस्थामा पनि भौतिक संरचना अभाव हुनु चिन्ताको विषय हो । देशको पुरानो र अग्रणी संस्था सरस्वती क्याम्पसको भौतिक पूर्वाधारलगायतमा विशेष सहयोग गर्न म सरकारसँग आग्रह गर्दछु’ उहाँले भन्नुभयो ।
समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति प्रा डा शिवलाल भुसालले नयाँ संस्था स्थापना गर्नेभन्दा पनि भएको संस्थालाई सबलीकरण गरेर जानुपर्ने बताउनुभयो । विश्वविद्यालयले राज्यको उत्पादनसँग जोड्ने योजना बनाउनुपर्नेमा जोड दिँदै उहाँले पढ्दै, सिक्दै र आर्जन गर्दै जाने वातावरण सिर्जना गरिनुपर्ने उल्लेख गर्नुभयो । ‘राज्यको योजनामा विश्वविद्यालयलाई जोडेर लैजान सकेमात्रै उपलब्धि हासिल हुन्छ’ उहाँले भन्नुभयो ।
क्याम्पसका संस्थापक क्याम्पस प्रमुख प्रा शङ्करराज पाठकले राष्ट्रपति पौडेल विद्यार्थीकालमा अत्यन्तै सक्रिय रहनुभएको स्मरण गर्दै उहाँको सक्रियतामा नै राष्ट्रले विकास र समृद्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । क्याम्पस प्रमुख गोलमान गुरुङ¬ले शैक्षिक गुणस्तरलाई ध्यानमा राखेर क्याम्पसले विविध शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो ।
२०१६ साल पुस १० गते स्थापना भएको सरस्वती बहुमुखी क्याम्पसमा २ सयभन्दा बढी प्राध्यापक र २५ कर्मचारी कार्यरत छन् । क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा करिब ७ हजार विद्यार्थी अध्ययनरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- ७ बुँदे प्रस्ताव ल्याउँदै मन्त्रालय, आन्दोलन नरोक्ने अडानमा शिक्षक
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा
- दिगो विकास कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब आवश्यक