+

बाघको आक्रमणबाट बर्दियामा बालकको मृत्यु

काठमाडौँ ।  बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।  बारबर्दिया नगरपालिका ४ का ११ वर्षका सुमित थारुलाई बबई नदीमा नुहाउन गएका बेला आज शनिबार दिउँसो साढे जिरा सामुदायिक वन नजिकै बाटे बाघले आक्रमण गरी घाइते बनाएको थियो ।

घाइते बालकलाई उपचारका लागि बर्दियाकै जयनगरस्थित आरसी थारु मेमोरियल अस्पताल लगिएको थियो । उपचारका क्रममा उहाँको मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट