
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीले आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा मंगलबार देशवासीको नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्रीले अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभएको छ । प्रेस सल्लाहकार आचार्यका अनुसार प्रधानमन्त्रीले सम्बोधनमा एक वर्षमा सरकारले गरेका उपलब्धि प्रस्तुत गर्नुहुनेछ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका दाहाल २०७९ पुस १० गते तेस्रो पटक प्रधानमन्त्री बन्नुभएको हो । सत्तागठबन्धनको आडमा प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएका दाहाल प्रधानमन्त्री भने नेकपा एमालेको आडमा बन्नुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो