
नवलपुर । विनयी त्रिवेणी गाउँपालिकामा घाँस–दाउरा लिन जंगल गएका सासु र बुहारीको रहस्यमय तवरले मृत्यु भएको छ । विनयी त्रिवेणी –१ ओमशान्ति टोलका ६० वर्षीया मनादेवी पौडेल र उनकी बुहारी २८ वर्षीया विष्णु पौडेलको आइतबार रहस्यमय तवरले मृत्यु भएको हो ।
प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले मनादेवी र विष्णुको शव स्थानीय खहरे जंगलमा भेटिएको जानकारी दिनुभएको छ । प्रहरी नायव उपरीक्षक पौडेलका अनुसार घाँस काट्न गएका सासु–बुहारीको घर नफर्किएको मौखिक खबरपछि प्रहरीले जंगलमा खोजतलास गर्दा शव भेटिएको हो । ‘उहाँहरु नभेटिएको भनी आइतबार मौखिक खबरपछि प्रहरीसहित ६० जनाको टोली जङ्गलमा खोजतलासका लागि गएका थियौँ, उहाँले भन्नुभयो, ‘खोजतलासका क्रममा आइतबार राति खहरेको ढिकमा दुवैको शव भेटियो ।’
प्रहरी नायव उपरीक्षक पौडेलका अनुसार विष्णुको बायाँ कम्परा र मनादेवीको बायाँपट्टि पछाडिको भागमा चोट लागेको अवस्थामा शव भेटिएको छ । शव परीक्षणपछि शरीरमा लागेको चोट लगायतका आधारमा बाघको आक्रमणबाट मृत्यु भएको वा अन्य कारणबाट भन्ने पुष्टि हुने पौडेलले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम
- मनाङमा सार्वजनिक बस सेवा शुरु
- सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्यो
- कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा
- दिगो विकास कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब आवश्यक
- मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग