+

सुनको मूल्यमा कीर्तिमान, तोलाको डेढ लाख पुग्यो

काठमाडौँ । आज सुनले नयाँ कीर्तिमानी मूल्य कायम गरेको छ । आज सुनको मूल्य प्रतितोला करिब डेढ लाख पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ मूल्य तय गरेको छ । यो अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउले पुनः नयाँ रेकर्ड बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रतिऔंस २४७० अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमै नयाँ रेकर्ड बनाएको सुनले नेपाली बजारमा पनि कीर्तिमानी मूल्य कायम गरेको हो । अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा मूल्य समायोजन हुन्छ ।


अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुको प्रमुख कारण नै अमेरिकाले ब्याजदर कटौती गर्ने सुनिश्चितता गर्नु हो । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम एच पावेलले सोमबार मात्रै ब्याजदर कटौतीका लागि अब मुद्रास्फिति कुर्न नपर्ने प्रतिक्रिया दिनुभएको थियो । 

उहाँको यहीं भनाइका कारण अमेरिकाले ब्याजदर घटाउने विश्वास लगानीकर्तामा बढेको र त्यसले सुनको मूल्य उचाइमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट