
काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहनुभएका पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी र मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई थुनामा राख्नुपर्ने कारण मागेको छ ।
पूर्वउपप्रधानमन्त्री रायमाझी र सचिव पाण्डेलाई यसअघि उच्च अदालत, पाटनले थुन्न आदेश दिएको थियो । उच्च अदालतको आदेशपछि पूर्वउपप्रधानमन्त्री रायमाझी र सचिव पाण्डेलाई अहिलेसम्म थुनामै राखिएको छ । सर्वोच्चले उहाँहरुलाई थुन्न आदेश दिनुको कारण पेश गर्न उच्च अदालतलाई आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले पूर्वउपप्रधानमन्त्री रायमाझी र सचिव पाण्डेलाई थुनामा राख्ने आदेशको ‘कैफियत प्रतिवेदन’ मगाएको छ । थुनछेक आदेशका क्रममा न्यायाधीशहरुले किन र के आधारमा त्यो आदेश गरे भनी विस्तृत विवरण खुलाइएको विवरणपत्रलाई ‘कैफियत प्रतिवेदन’ भनिएको छ ।
शरणार्थीमा संलग्न भनिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतहरु भने धरौटीमा छुटिसक्नुभएको छ । अरुलाई धरौटीमा छोडेर आफूहरुलाई भने थुनामै राखेपछि पूर्वउपप्रधानमन्त्री रायमाझी र सचिव पाण्डेले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिनुभएको थियो । उहाँहरुको निवेदनमाथि सुनुवाइपछि न्यायाधीश रेग्मीको इजलासले उच्च अदालतबाट मुद्दाकोफाइल सहित कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको हो ।
नक्कली शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी र सचिव पाण्डेलाई काठमाडौँ जिल्ला अदालतले थुनामा राख्ने आदेश गरेको थियो । उच्च अदालतले जिल्लाकै आदेशलाई सदर गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल