
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ताच्यूत भएपछि समाजवादी मोर्चा जागेको छ ।
बाहिर देखावटी रुपमा ‘गणतन्त्र, संघीय, धर्मनिरपेक्षता र संविधानको रक्षा गनेर्’ उदेश्यले स्थापना गरिएको भनिएता पनि मोर्चालाई माओवादी अध्यक्ष दाहालले ‘सत्ताको लागि बार्गेनिङ गर्ने’ अस्त्रको रुपमा प्रयोग गर्दै आउनुभएको छ । डेढ वर्षअघि स्थापना गरिएपनि मोर्चा दाहाल प्रधानमन्त्री भएपछि लामो समय निस्क्रिय हुनु र अहिले उहाँ प्रधानमन्त्रीबाट बहिरगमनमा परेपछि बल्ल जाग्नुको यसको पुष्टि भएको छ ।
माओवादी अध्यक्ष दाहालले अघिल्लो नेपाली कांग्रेससँग गठबन्धनमै छँदा मोर्चा गठन गराउनुभएको हो । त्यसबेला सत्ता गठबन्धनमा रहेका कांग्रेस बाहेकका दल मिलाएर मोर्चा बनाइएको थियो । त्यसबेला माओवादी, नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई समेटेर मोर्चा बनाइएको हो । त्यसबेला मोर्चाको संयोजक २, २ महिनामा आलोपालो गर्ने भनिएको थियो । मोर्चाको संयोजक शुरुमा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवमुमार नेपाललाई बनाइएको थियो । पूर्वप्रधानमन्त्री नेपाल संयोजक रहनुन्जेल मोर्चाको बैठक प्राय नियमित रुपमा बस्यो । त्यसबेला प्रधानमन्त्री रहनुभएका माओवादी अध्यक्ष दाहालले कांग्रेसलाई तर्साएर सरकारमा आफ्नो अनुकूलको निर्णय गराउन मार्चालाई प्रयोग गर्नुभयो ।
पूर्वप्रधानमन्त्री नेपालपछि मोर्चाको अध्यक्ष विप्लव बन्नुभयो । विप्लव संयोजक बनेपछि प्रधानमन्त्री दाहाल कांग्रेससँगको समीकरणलाई लत्याएर नेकपा एमालेतिरको गठबन्धनमा लाग्नुभयो । त्यसपछि मोर्चा औपचारिक रुपमा विघटन नगरिए पनि निस्क्रिय रह्यो । अहिले एमालेले माओवादीलाई सत्ताबाट लत्याएर कांग्रेससँग गठबन्धन गरेपछि दाहाललाई फेरि मोर्चा आवश्यक परेको हो । माओवादी अध्यक्ष दाहालले आफू सत्ताबाट बाहिरिने अवस्था आएपछि लामो समयको अन्तरालमा प्रधानमन्त्री निवास बालुवाटारमै मोर्चाको बैठक राख्नुभएको थियो । तर त्यो बैठकमा जसपाका अध्यक्ष यादव भने सहभागी हुनुभएन । त्यसपछि आज एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा मोर्चाको बैठक राखिएको छ । एमाले र कांग्रेसले सत्ता समीकरण गर्दा प्रधानमन्त्रीबाट च्यूत हुनुभएका दाहाल पछिल्लो समय केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाप्रति आकोशित हुनुभएको छ । तर यतिखेर दाहालको आक्रोशले सत्ताको नयाँ समीकरणलाई प्रभाव पार्ने औकात छैन । यद्यपि माओवादी अध्यक्ष दाहालले मोर्चाको बहानामा विशेष गरी एकीकृत समावजादीका अध्यक्ष नेपाललाई वर्तमान सरकार तथा प्रधानमन्त्री ओलीविरुद्ध प्रयोग गर्ने योजना बनाउनुभएको स्रोत बताउँछ ।
स्रोतका अनुसार मोर्चाको अहिले ४ बजेदेखि बस्ने बैठकमा ‘गणतन्त्र, संघीय, धर्मनिरपेक्षता र संविधानको रक्षा गर्ने बहानामा ओली सरकारविरुद्ध कसरी प्रस्तुत हुने ? भन्ने रणनीतिबारे छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै