
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पुरुष महिलामन्त्री बनेका छन् । राज्यको हरेक क्षेत्रमा ३३ महिला हुनुपर्ने प्रावधान भए पनि प्रधानमन्त्री ओलीले त्यसलाई लत्याएर पुरुषलाई महिलामन्त्री बनाउनुभएको छ ।
एमाले र नेपाली कांग्रेसहितको गठबन्धन सरकारमा जनता समाजवादी पार्टी (जसपा) का नवलकिशोर साह सुडीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाइएको छ । नवनियुक्त महिलामन्त्री सुडीले मंगलबार पदभार समाल्नुभएको छ । सुडी यसअघिको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारमा वन तथा वातावरणमन्त्री हुनुहुन्थ्यो । जसपा पुरानो गठबन्धनलाई छाडेर सत्ताको नयाँ समीकरणतिर लागेपछि भागबण्डामा उहाँलाई महिलामन्त्री परेको हो । ओली सरकारमा २ जना महिलालाई मात्र मन्त्री बनाइएको छ । एमालेकी विद्या भट्टराईले शिक्षा मन्त्रालयको जिम्मेवारी समाल्नुभएको छ । कांग्रेसकी डा आरजू देउवालाई परराष्ट्रमन्त्री बनाइएको छ । २५ सदस्यीय मन्त्रीमण्डलमा २ जना मात्रै महिलालाई मन्त्री बनाउनु समावेशी हिसाबले अपुग हो ।
मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै सुडीले महिला, बालाबालिका तथा ज्येष्ठ नागरिकको विकासका लागि पूर्ण निष्ठाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गरेर बढीभन्दा बढी परिणाममुखी कार्य गर्न कर्मचारीहरूलाई निर्देशन दिँदै उहाँले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘कर्मचारीको साथ र सहयोगबिना मन्त्रीको एक्लो प्रयासबाट लक्ष्य हासिल हुँदैन ।’
उहाँ २०७९ सालमा सप्तरी क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो । सप्तरीको हनुमाननगर कङ्कालीनी–९ मा आमा कौशल्या देवी र बुबा भोलाप्रसाद साहुको कोखबाट २००५ सालमा सुडीको जन्म भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै