
लमजुङ । लमजुङस्थित सुन्दरबजार नगरपालिका–७ पाउँदीमा १०८ फिट उचाइको शिद्धेश्वर महादेवको मूर्ति निर्माण गरिएको छ । कर्मदा नदीका शिवजी महादेव मन्दिर संरक्षण समितिले मस्र्याङ्दी नदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउनका लागि यतिका अग्लो महोदवको मूर्ति निर्माण गरेको हो ।
समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलले महादेव मूर्तिसहित परिसरमा भगवान गणेश, विष्णु, शिवको बहान साँडे (बसाह) को मूर्तिसमेत निर्माण गरिएको बताउनुभयो । काठमाडौँ र पोखराबाट कालीगढ ल्याएर मूर्ति निर्माण गरिएको उहाँको भनाइ छ । त्यसका लागि दुई करोड ५० लाख रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो ।
मूर्तिमा रङरोगन सम्पन्न भएको छ । त्यही परिसरमा १०८ शिवलिङ्ग र १०८ धारा निर्माण गर्न लागिएको छ । धाराका लागि पर्खाल सम्पन्न भइसकेको छ ।
राइनास नगरपालिका–९ मोहोरियाकोटबाट करिब छ किलोमिटर टाढाबाट धाराका लागि पानी ल्याउन लागिएको छ । हालसम्म दुई किलोमिटरमा पाइप विच्छ्याउने काम सम्पन्न भएको छ भने धारा निर्माणस्थल नजिकै एक लाख लिटर भन्दाबढी पानी अट्ने एउटा पानी ट्याङ्की निर्माण सम्पन्न भएको छ ।
समितिको नाममा रहेको एघार रोपनी जग्गामा पूर्वाधार निर्माण भइरहेको छ । धारा तथा शिवलिङ्ग व्यक्तिको नाम र पितृहरुको नाम राखिने र यसका लागि न्यूनतम ११ हजार १ सय ११ रुपैयाँ तिर्नुपर्ने समितिले जनाएको छ ।
बाँकी काम असोज महिनाभित्र सकिने र आगामी ठूलो एकादशीका दिन उद्घाटन गर्ने तयारी भइरहेको छ । उहाँका अनुसार त्यस्तै, महादेव मूर्ति स्थापनका लागि हालसम्म १४ लाख रुपैयाँ बढी चन्दा सङ्कलन भएको छ । यहाँ मस्र्याङ्दी नदीमा स्नायु गर्न, सतबीज छर्न, ठूलो एकादशी पर्वमा लाखौँ भक्तजन विभिन्न स्थानबाट यस क्षेत्रमा आउने गरेका छन् ।
डुम्रे–बेसीशहर सडक नजिकै तथा लमजुङ/तनहुँको सिमानामा पर्ने यस पाउँदीमा धार्मिक पूर्वाधार निर्माणले यहाँका व्यापार व्यवसायमासमेत टेवा पुग्ने स्थानीयको भनाइ छ ।
यस क्षेत्र राष्ट्रिय गौरवको आयोजना मध्यपमहाडी लोकमार्गको छेउमै रहेको छ । महादेवको मूर्ति तथा एक सय आठ धारा र शिवलिङ्ग निर्माणले धार्मिक रुपमा मात्र नभइ पर्यटकीय गतन्यका रुपमा विकास हुने सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै