
काठमाडौँ । मुलुकका पुराना साहित्यकारहरुले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको उन्नयनमा पु-याएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धा व्यक्त गर्नुभएको छ ।
भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कलेजद्वारा दुईसय११औँ भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा साहित्यकारहरुले आदिकविको तस्वीरमा माल्यार्पण गर्नुका साथै उहाँको योगदान र परिचय दिलाउने कविता वाचन गर्नुभयो ।
त्यसअवसरमा साहित्यकार शैलेन्द्र साकार, डा रामप्रसाद दाहाल, रामप्रसाद पन्त, कृष्ण बाउसे, निर्मल पराजुली, विदुर उप्रेती र कलेजका प्राचार्य सविन पोख्रेलले भानुभक्तका रचनाले नेपाली समाजलाई भाषाका माध्यमबाट एकसूत्रमा बाध्न पुर्याएको योगदानको चर्चा गर्नुभयो ।
भानुभक्तले भाषिक एकीकरण नगरिदिएको भए संसारमा नेपाली भाषा आजको स्तरमा समृद्ध हुन सक्दैनथ्यो भन्दै उहाँहरुले नेपाली भाषालाई सरलता तुल्याएर आदिकवि सधैँ समृतिमा रहने बताउनुभयो ।
कार्यक्रममा भानुजयन्तीका अवसरमा कलेजद्वारा आयोजित कविता प्रतियोगीताका विजयी छात्रालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा छात्राहरु रेणुका कँडेल, शर्मिला कार्की, जमुना बस्नेत, युरिसा रिजाल र अनुपा भुजेलले पनि कविता वाचन गर्नुभयो । नेपालमा मात्र नभई नेपालीभाषी बसोबास रहेका प्रवासमा पनि आज विभिन्न कार्यक्रमगरी भानुजयन्ती मनाउने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै