
चितवन । नेपालमा अण्डा र कुखुराको मासुको खपत कम हुने गरेको छ । देशमा विकसित राष्ट्रको तुलनामा अण्डा र मासु खपत कम हुने गरेको नेपाल कुखुरा व्यवसायी मञ्चले जनाएको छ ।
मञ्चका अनुसार विकसित मुलुकमा वार्षिक प्रतिव्यक्ति ४ सय ३३ सम्म अण्डा खपत हुँदा नेपालमा ६१ मात्रै खपत हुने गरेको छ । चीनमा वार्षिक प्रतिव्यक्ति ४ सय ३३, जापानमा ३सय ९७, अमेरिकामा ३ सय २२ अण्डा खपत हुने गरेको छ । क्यानडामा ३ सय २, बङ्गलादेशमा ८०, भारतमा ७९ र पाकिस्तामा ७२ प्रतिव्यक्ति अण्डा खपत हुने गरेको मञ्चले जनाएको छ । मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार कुखुराको मासुको खपतमा समेत नेपाल निकै तल रहेको छ । विकसित मुलुकमा वार्षिक प्रतिव्यक्ति मासु ७४ दशमलव ७ किलोसम्म खपत हुँदा नेपालमा ७ दशमलव ५७ प्रतिशत मात्र खपत हुने गरेको छ ।
सेन्टभिन्सेन्ट ग्रेनडाइन्समा ७४ दशमलव ७ किलो खपत हुने गरेको छ । इजरायलमा ६८ दशमलव नौ किलो, सामोआमा ६५ दशमलव सात किलो, ट्रिनिडाड टोवागोमा ६३ दशमलव एक किलो, एण्टीगुवा वारबुडामा ६१ दशमलव आठ किलो, अमेरिकामा ५८ दशमलव ७ किलो प्रतिव्यक्ति प्रतिवर्ष कुखुराको मासु खपत हुने गरेको उहाँले जानकारी दिनुभएको छ
सेन्ट लुसियामा ५७ दशमलव छ किलो र हङ्कङमा ५५ दशमलव पाँच किलो वार्षिकरुपमा प्रतिव्यक्ति मासु खपत हुने गरेको छ ।
कुखुराको अण्डा र मासुमा मानव शरीरलाई आवश्यकपर्ने पौष्टिक तत्व पर्याप्तमात्रामा पाइने भए पनि नेपालमा खपत कम हुने गरेको छ । नेपालमा दैनिक अण्डा अत्पादनको क्षमता ६० लाख वटा भए पनि हाल ३० देखि ३२ लाख मात्र उत्पादन हुँदै आएको छ । मासु उत्पादनको क्षमता दैनिक १० लाख किलो भए पनि हाल छ लाख किलोमात्रै उत्पादन हुँदै आएको भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार देशको कूल गार्हस्थ उत्पादनको तीन दशमलव पाँच प्रतिशत हिस्सा ओगटेको यस क्षेत्रमा रु एक खर्ब ६० अर्ब लगानी भएको अनुमान गरिएको छ । यसमा चार लाख ५० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाइरहेको मञ्चले जनाएको छ ।
यस पेशाले आयात प्रतिस्थापन गर्दै आम देशवासीलाई सबैभन्दा सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त मासु तथा अण्डा उपलब्ध गराउँदै आएको मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले बताउनुभयो । कुखुराको मासु र अण्डा मानव स्वास्थ्यका लागि उपयुक्त खाद्यान्न मानिन्छ । चिकित्सकले पनि रातो मासुभन्दा सेतो मासु र अण्डा खान सुझाव दिँदै आएका छन् ।
कुखुराको मासु र अण्डामा कुनै मिसावट नहुने, चिल्लोको मात्रा कम, प्रोटिनको मात्रा बढी हुने, पकाउन सजिलो, पचाउन सहज हुने, युरिक एसिड, मुटु रोगीका बिरामीलाई समेत उपयोगी हुने, कुनै पनि प्रकारको मिसावट हुन नसक्ने, सहजरुपमा आवश्यकताअनुसार पाउन सकिने चिकित्सक बताउँछन् । सस्तो मूल्यमा पाउन सकिने, जुनसुकै उमेर समूहका मानिसको समेत रुचिको खानेकुरा नै कुखुराको मासु र अण्डा भएको लामिछाने बताउनुहुन्छ ।
मञ्चले ११औँ राष्ट्रिय पोल्ट्री दिवस, २०८० अवसरमा जारी गरेको सूचनामा कुखुराको मासु र अण्डाले कुपोषण हुनबाट बचाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको जनाइएको छ । २०१७ सालपुस १७ गते बाराको परवानीपुर सेन्ट्रल ह्याचरीको उद्घाटनपछि नेपालमा आधुनिक पोल्ट्रीको शुरुवात मानिँदै आएको छ । दिवसलाई मञ्चले सप्ताहव्यापीरुपमा मनाउँदै आएको छ ।
यसवर्ष ‘कुखुराको अण्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ विशेष गरी स्कुलमा अध्ययनरत विद्यार्थीलाई अण्डा र कुखुराको मासुको महत्वबारेमा जानकारी गराइएको छ । यस क्रममा २६ सरकारी विद्यालयका १ हजार ९ सय ४७ विद्यार्थीलाई अण्डा र मासुको महत्वबारे जानकारी गराइएको छ ।
कार्यक्रमअन्तर्गत पुस १७ गते बिहान मञ्चको कार्यालयबाट प्रभातफेरी, भरतपुर महानगरपालिका–२ मा रक्तदान, सोही स्थानमा कुखुराको मासु र अण्डाका बारेमा जानकारी दिनका लागि एकदिने ‘चिकेन एण्ड एग फुड फेष्टिवल’को आयोजना गरिएको मञ्चले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा