
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा आज अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपाउन अनुरोध गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार साहले आजदेखि सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अति भारी वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको बताउनुभयो।
प्रदेशमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा डडेलधुराको साहुखर्क क्षेत्रमा ८२ दशमलव आठ मिलिमिटर (मिमी) र कञ्चनपुरको बेलौरी क्षेत्रमा ५५ दशमलव ६ मिमी वर्षाको मापन भएको छ । प्रदेशमा शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहेको छ । साहले भन्नुभयो, “वर्षासँगै कैलाली र कञ्चनपुरका अधिकांश नदीनालामा बाढी आउन सक्ने पूर्वानुमान गरिएकाले सबैलाई सतर्कता अपनाउन आग्रह छ ।”
महाकाली नदीको जलसतह बढेर शनिबार साँझ पाँच दशमलव ६१ मिटर पुगेको छ । यस नदीमा पानीको बहाव पाँच दशमलव ८० पुगेमा चेतावनी तह नजिक पुगेको मानिन्छ ।
बझाङको चैनपुरस्थित सेती नदीमा उर्लिएर आएको बाढीले नदी आसपासका क्षेत्रमा जोखिम बढेको छ । साँझसम्म सेती नदीमा तीन दशमलव ५५ मिटर जलसतह पुगेको जनाइएको छ ।
कैलाली र बर्दियाको सीमा हुँदै बग्ने कर्णाली नदीमा साँझसम्म जलसतह सात दशमलव शून्य दुई मिटर मापन गरिएको छ । पहाडी क्षेत्रमा वर्षा भएमा नदीको सतह बढ्न गई तटीय क्षेत्रमा जोखिम हुनसक्ने देखिएको छ ।
कैलाली र कञ्चनपुरका दोदा, सुनवरा, मछेली, कान्द्रा, पथरैया, काँडा, खुटिया, शिवगङ्गा, मोहनालगायतका नदीमा बाढी आउनसक्ने र यसबाट यी जिल्लाका होचो स्थानमा रहेका बस्ती जोखिममा पर्ने साहले बताउनुभयो ।
निरन्तरको वर्षासँगै प्रदेशको पहाडी क्षेत्रका कतिपय राजमार्गका विभिन्न खण्डमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको छ ।
समुदायलाई सचेत गराउन र आवश्यक तयारी गर्न कैलालीसहितका जिल्लामा पूर्वसूचना प्रणाली कार्यान्वयनमा रहेको छ । बाढी, डुबान, कटानको सम्भावित विपद्बारेको पूर्वसूचना प्रवाह गर्न नदीमा पानीको बहाव मापन गर्न परिचालित हुनेगरेका ‘गेज रिडर’ले तल्लो तटीय क्षेत्रका बासिन्दाका साथै जिल्ला प्रशासन कार्यालयलगायत निकायलाई सूचना गर्ने गर्दछन् । अधिकांश नदी किनारमा पानीको बहाव मापन गर्न ‘गेजमिटर’ जडान गरिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन