+

सत्तारूढ दलका शीर्ष नेताहरूसँग प्रधानमन्त्रीको छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलका शीर्ष नेताहरूसँग शुक्रबार छलफल गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शुक्रबार अपराह्न प्रधानमन्त्री दाहालले सत्तारुढ दलका शीर्ष नेताहरूसँग बदलिँदो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्नुभएको हो । 

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सहभागी हुनुहुन्थ्यो । 

छलफलपछि गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई विश्वास मतबारे पार्टीभित्र छलफल गरिने प्रतिक्रिया दिनुभएको छ । प्रधानमन्त्रीलाई विश्वास मत दिने वा नदिनेबारे पार्टीका नेताहरूसँग छलफल गरेपछि निष्कर्षमा पुगिने उहाँको भनाई थियो । 

प्रधानमन्त्री दाहालसँग छलफल गरेपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई विश्वास मत दिने प्रष्ट पार्नुभएको छ । 

‘बैठकमा कसरी अघि बढ्ने भन्नेबारे छलफल भयो, हामी माओवादीसँग सहकार्य गरेर जान्छौँ । नयाँ समीकरणमा जाँदैनौं, किनभने त्यो षड्यन्त्रमुलक ढंगले आएको छ,’ अध्यक्ष नेपालले भन्नुभयो, ‘हामी यो सरकारले विश्वास मत लिँदा त्यसलाई साथ दिन्छौं।’

पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि आफ्नो कुराकानी भएको अध्यक्ष नेपालको भनाइ छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने आफ्नो कुराकानी नभएको अध्यक्ष नेपालले बताउनु भयो । 

गत असार १७ गते कांग्रेस र एमालेबीच नयाँ समीकरणबाट सरकार बनाउने र संविधान संशोधन अघि बढाउनेलगायतका बिषयमा सहमति भएको थियो। उक्त सहमति खुसुक्क गरिएको अध्यक्ष नेपालको टिप्पणी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट