
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको स्ल्याब भत्किँदा दुईजना बेपत्ता भएका छन् । घटनामा ७ जना कामदार घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार एक वर्ष अघि निर्माण शुरु गरिएको आयोजनाको कभर स्ल्याबको माथिल्लो संरचना भत्किएको हो । बेपत्ताको अवस्था अज्ञात रहेको उहाँले बताउनुभयो । घाइते सबैलाई उद्धार गरी बाह्रबिसेस्थित किस्टोन हस्पिटल र बाह्रबिसे नगर अस्पताल लगिएको छ ।
बेपत्ताको खोजी गर्न सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । बेपत्ता हुनेमा बर्दियाका रामदिन थारू र सुमन थारू रहेका छन् । घटनामा बर्दियाका लहानु थारू र दुर्गा चौधरी, दोलखाको कालिञ्चोकका आइतबहादुर थामी, विजय थामी, गोपाल थामी, दीपक थामी, आइतमान थामी, पदमबहादुर थामी र रामचन्द्र रिमाल तथा रोल्पाका सासन रोकामगर घाइते भएका छन् ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना खटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन