
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको अध्यक्ष पुन: पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बन्नुभएको छ । महासचिवमा घनश्याम भूसाल दोहोरिनु भएको छ ।
एकीकृत समाजवादी १० औं महाधिवेशनले अध्यक्षमा पूर्वप्रधानमन्त्री नेपाल र महासचिवमा भूसाललाई दोहोर्याएको हो । उहाँहरु जारी महाधिवेशनबाट बिहीवार सर्वसम्मत रुपमा अध्यक्ष र महासचिव बन्नुभएको हो ।
एकीकृत समाजवादीले सम्मानित नेतामा पनि झलनाथ खनाललाई नै दोहोर्याएको छ । यी तीन पद सर्वसम्मतिबाट टुंगिए पनि अरु पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लाग्न भने बाँकी छ ।
एकीकृत समाजवादीले २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन