
झापा । बाढीको उच्च जोखिममा रहेका झापाका तीन स्थानलाई लक्ष्यित गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वचालित पूर्वसूचना प्रणाली (साइरन) जडान गरेको छ ।
कनकाई र विरिङ नदीमा पानीको बहाव बढेसँगै स्वचालित साइरनले जडान गरिएको स्थानबाट दुई किलोमिटर क्षेत्र वरपरका सर्वसाधारणलाई सचेत गराउने प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताउनुभएको छ ।
उहाँका अनुसार बाह्रदशी गाउँपालिका–१ को भागुडुब्बा, झापा गाउँपालिकाको सडकवारि र गौरीगञ्ज गाउँपालिकाको कुञ्जिवारीमा स्वचालित साइरन जडान गरिएको छ । साइरन स्कुलको छतमा जडान गरिएको हो ।
प्रवक्ता भट्टराईले बहुप्रकोपीय स्थानको अध्ययन अनुसन्धान गरेर रेडक्रस सोसाइटीको सहकार्यमा पूर्व सूचना प्रणाली देशभर जडान गरिएको बताउनुभयो । बाढीको उच्च जोखिममा रहेका देशभरका ६० स्थानमा परीक्षणका लागि स्वचालित साइरन जडान गरिरहेको उहाँले बताउनुभयो ।
‘झापाका धेरै पालिकाहरु बाढीको उच्च जोखिममा छन्’ प्रवक्ता भट्टराईले भन्नुभयो– ‘हामीले अहिले परीक्षणका लागि ३ स्थानमा जडान गरेका छौँ, प्रभावकारी भयो भने पालिका आफैँले खरिद गरेर पनि जडान गर्न सक्छन् ।’ उहाँले स्वचालित साइरन जडान गर्न करिब ७ लाखदेखि ८ लाख रुपैयाँ खर्च हुने र त्याो पालिका आफैँले पनि खरिद गरेर जडान गर्न सक्ने बताउनुभयो ।
कनकाईमा रहेको वर्षा मापन यन्त्रले जलसतह तीन दशमलव आठ मिटरमाथि पुगेपछि एसएमएस पठाउने गरेको छ, यसैका आधारमा साइरनको आवाजले स्थानीयवासी सूचित हुनेछन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार जलसतह पाँच दशमलव दुई मिटरलाई सतर्कता तह मानिन्छ भने पाँच दशमलव छ मिटरलाई खतराको तह मानिन्छ ।
यसअघि जिल्लाको सबैभन्दा ठूलो नदी कनकाईको तटीय क्षेत्रका कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका गौरीगञ्ज र झापा गाउँपालिका गरी चार पालिकाका १२ वडाका १५ बस्तीमा बाढीको पूर्वसूचना दिन १० वर्षअघि नै मानव परिचालित साइरन जडान गरिएको नेपाल रेडक्रस सोसाइटीका विपद् व्यवस्थापन फोकल पर्सन हरिकृष्ण खड्काले बताउनुभयो ।
झापा र इलामको सिमाना मैनाचुलीमा जलमापन केन्द्र र गैंडेमा बाढी मापन केन्द्र उपकरण जडान गरिएका छन् । ती केन्द्रले वर्षा र जलसतह मापन गरेर बाढी आउने पूर्व जानकारी मोकाइल र इन्टरनेटबाट स्थानीय समुदायलाई एसएमएसबाट पठाउने गरेका छन् । त्यही एसएमएसका आधारमा गाउँमा साइरन घन्काउने गरिएको उहाँले बताउनुभयो ।
यसैगरी, दुई महिनाअघि मात्र निन्दा र विरिङ नदीका पुलमा समेत जल तथा मौसम विज्ञान विभागले बाढीमापन उपकरण जडान गरेको छ । दुवै नदीमा जडान गरिएका उपकरणका लागि वर्षामापन प्रणाली भने बनाउन बाँकी छ ।
यस वर्ष जिल्ला विपद् व्यवस्थापन समितिले करिब ८ हजार ९ सय १९ घरधुरी बाढीका कारण प्रभावित हुने आकलन गरेको छ । जिल्लामा बाढीबाट विस्थापित हुनसक्ने परिवारलाई राख्न सम्बन्धित स्थानका विद्यालय, सामुदायिक भवन, रेडक्रस, स्वास्थ्य चौकीलगायतका २ सय ५० वटाभन्दा बढी स्थानलाई आकस्मिक आश्रयस्थल तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै