
धनुषा। धनुषामा पोखरीमा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ । धनौजी गाउँपालिकाको वडा नम्बर ५ बअुहर्वामा रहेको सार्वजनिक पोखरीमा डुबेर १० देखि १२ वर्ष उमेरका ३ बालिकाले जीवन गुमाएका हुन् ।
पोखरीमा डुबेर बालबालिकाहरु मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिनुभएको छ । डिएसपी रञ्जन अवाले का अनुसार बिहीबार दिउँसो सवा १२ बजेतिर पोखरीमा बालिकाहरुलाई डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल पुर्याएका थिए । एकजना अस्पताल लग्ने क्रममा बाटोमै र र दुईजनाको अस्पतालमा मृत्यु भएको हो ।
ती बालबालिकाहरु नुहाउने क्रममा पोखरीमा डुबेको स्थानीय बासिन्दाले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन