
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको नेतृत्व पुन पूर्वधानमन्त्री माधवकुमार नेपालले नै गर्ने निश्चित भएको छ ।
एकीकृत समाजवादीको गएको आइतबारदेखि शुरु भएको १० औँ महाधिवेशन आजदेखि केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य चयनको संघारमा पुगेको छ । समाजवादीको २१ पदाधिकारी मध्ये अध्यक्षमा पूर्वप्रधानमन्त्री नेपाल सम्मानित नेतामा अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाल नै दोहोरिने निश्चित भएको छ ।
केही दिनअघिसम्म अध्यक्षमा दाबी गरिरहनुभएका भूसाल अन्तत महासचिवमै दोहोरिन उत्साहपूर्वक राजी हुनुभएको छ । महाधिवेशनमा सहभागी करिब दुई तिहाई जसो प्रतिनिधि, यसअघि पदाधिकारीमा रहेका नेताहरु र प्रतिनिधिसभा सदस्यहरुले ‘अहिले राजनीति जटिल अवस्थमा रहेको र यस्तो परिस्थितिमा अध्यक्षमा पूर्वप्रधानमन्त्री नेपालको विकल्प नभएको’ भन्दै नेतृत्वलाई सर्वसम्मत गर्न दबाब दिएपछि तीन पदमा सहमति हुने स्थिति बनेको हो ।
महाधिवेशनमा सहभागी एक पूर्व पदाधिकारीले अध्यक्ष, सम्मानित नेता र महासचिवमा अहिले भइरहेका नेताहरुलाई नै दोहोर्याउने सहमति बनिसकेको नेपाल कैरनलाई जानकारी दिनुभएको छ । ‘यी ३ पदमा सहमति भइसकेको छ, तर पूर्वधानमन्त्री खनालले सम्मानित नेता र महासचिवलाई विगतमा भन्दा केही अधिकार दिनुपर्ने भनेपछि शीर्ष नेताहरुबीच अहिले त्यसबारे छलफल भइरहेको छ’ उहाँले भन्नुभयो– अधिकारको कुरा मिलेपछि सम्भवत अब केही समयपछि अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत भएको घोषणा हुनेछ । यी ३ पद बाहेक अरु पदाधिकारी र २ सय ९९ सदस्यीय केन्द्रीय सदस्यको लागि भने निर्वाचन हुने स्थिति देखिएको छ ।
महाधिवेशन प्रतिनिधिद्वारा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजलाई सुझावसहित अनुमोदन भइसकेको छ । महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी निर्वाचन मण्डललाई दिएको छ । निर्वाचनमण्डलले निर्वाचन प्रक्रियाअन्तर्गत मतदाता नामावली प्रकाशनको तयारी गरेको छ ।
मनोनयन दर्ता गर्ने, दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय, मतदानको कार्यसूची आजैको लागि तोकिएको छ । पार्टी केन्द्रीय कमिटी, अनुशासन र लेखापरीक्षण कमिटीले संयुक्त रुपमा निर्वाचन निर्देशिका निर्माण गरेको छ ।
प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्य केन्द्रीय कमिटीमा प्रतिनिधित्व रहने सुनिश्चितता कायम गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
निर्वाचन विद्युतीय उपकरणबाट गरिने जनाइएको छ । एक हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि आवश्यक प्रशिक्षण प्रदान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै