
काठमाडौँ । प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार छाडेको छ । नेपाली कांग्रेससँगको समीकरणमा आफ्नै नेतृत्वमा नयाँ सरकार बन्ने वातावरण बनेपछि एमालेका मन्त्रीहरुले प्रचण्डको साथ छाडेको हो ।
एमाले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ । एमालेले यसअघि प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिन आग्रह गरेको थियो । प्रधानमन्त्री दाहालले पदबाट राजीनामा नदिने बरु संसदमा विश्वासको मत फेस गर्ने चेतावनी दिएपछि एमालेले सरकारलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरेको हो ।
‘हामीले राष्ट्रिय सरकार निर्माणमा सहयोग पुर्याउन प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्ने समय दिएका थियौं । तर उहाँले त्यसो गर्नुभएन’ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भन्नुभयो- ‘प्रधानमन्त्रीको राजीनामा नआएपछि समर्थन फिर्ता लिने निर्णयमा पुग्यौं ।’
सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड सरकारमा सहभागी मन्त्रीहरुलाई बुधबार साँझ बालकोट बोलाएर अहिलेसम्मको कार्यको लागि धन्यवाद दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन