
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा व्यापक अनियमितता भएको पाइएको छ ।
सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ७३ लाख रुपैयाँ भन्दा बढी आवश्यक कागजात बिनै भुक्तानी दिएको रहस्य खुलेको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा बिलबिजक बिना नै भुक्तानी दिइएको औँल्याइएको छ ।
पालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७, को नियम ३९ (५) मा विपरीत त्यो आर्थिक वर्षमा ७३ लाख १३ हजार ३ सय रुपैयाँ भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ ।
घरभाडा बापत एक लाख ९६ हजार ५ सय ६०, बैठक भत्ता ४० हजार, राहत वितरण १ लाख ३५ हजार, इन्धनमा ३५ हजार, कार्यालय सामान खरिदमा १ लाख, अनुगमन भत्ता २ लाख र विद्युतीय सामग्री खरिदमा ३ लाख ९० हजार रुपैयाँसहित अन्य विभिन्न कार्यको भन्दै बिला बिना नै खर्च गरिएको खुलेको छ।
यसैबीच, सिमकोट गाउँपालिका– १ र २ को ठेहे गाउँस्थित पञ्चमुखी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई व्यक्तिगत सरसफाइबारे प्रशिक्षण दिइएको छ ।
सबैका लागि दिगो खानेपानी, सरसफाइ र स्वच्छता परियोजनाले मङ्गलबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई सरसफाइबारे प्रशिक्षण दिएको हो । कक्षा ५ सम्म अध्यापन हुने त्यो विद्यालयका हरेक विद्यार्थीलाई एउटा हातधुने साबुन पनि वितरण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन