
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई भ्रष्टाचारका फाइल खोल्न सुझाव दिनुभएको छ ।
भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री लामिछानेलाई अहिले पनि समय रहेको कांग्रेस महामन्त्री शर्माको भनाई छ । ‘साथीहरूलाई त के लाग्या होला भने हामीले फाइल खोल्दै थियौँ, त्यसकारण सरकारबाट हटाइयो’ उहाँले भन्नुभयो- ‘अहिले पनि गृहमन्त्री हुनुहुन्छ, समय छ, प्रधानमन्त्रीले राजीनामा नदिए उहाँ अझै एक महिना गृहमन्त्री हुनुहुन्छ । समय छ खोल्नुस न फाइल ।’
कांग्रेस महामन्त्री शर्माले भ्रष्टाचारका फाइल खोल्दा आग्रह पूर्वाग्रह राख्न नहुने उल्लेख गर्नुभयो । उहाँले अब बन्ने नयाँ सरकारले पनि भ्रष्टाचारका फाइल खोल्ने बताउनुभयो । ‘जे खोलिएका छन्, ती प्रक्रियामा हुन्छन्’ उहाँले भन्नुभयो– ‘जे खोल्नु बाँकी छन् । ती खुल्छन्।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन