
काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दैै रणनीति अबलम्बन गर्न राखिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक अझै जारी छ ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान सवा ९ बजेदेखि भइरहेको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
संसदमा दुई ठूला दल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सोमबार नयाँ सहमति गरेपछि त्यसबारे बैठकमा सहभागी नेताले आफ्नो धारणा व्यक्त गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन