
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा मंगलबार पनि सुनुवाइ सकिएन । अन्तरिम आदेशका लागि भएको सुनुवाइमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्च अदालतका अनुसार लामिछानेविरुद्धको उक्त मुद्दाको बाँकी सुनुवाइ बुधबार हुनेछ । यसअघि पनि यो मुद्दा हेर्दाहेर्दैमा रहेर मंगलबारका लागि पेसी चढेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासमा सुनुवाइ भइरहेको हो । यो मुद्दामा महान्यायाधीवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ ।
महान्यायाधीवक्ताको कार्यालयले लामिछानेविरुद्ध सहकारी ठगीमा कास्की, चितवन र रुपन्देहीका प्रहरी कार्यालयमा उजुरी नपरेको र त्यहाँका अदालतमा मुद्दा विचाराधीन नरहेको भनेर कार्यक्षेत्र बाहिर गई पत्र लेखेको भन्दै सर्वोच्चमा रिट परेको हो ।
लामिछानेसँग जोडिएको यो मुद्दाको निवेदकका कानुन व्यवसायीले बहस सकेका छन् । गृहमन्त्री लामिछानेका तर्फबाट बहस नसकिएकाले बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता पोखरेलविरुद्ध रिट दायर गर्नुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन