
काठमाडौँ । संविधानका केही प्रावधान संशोधन गर्ने प्रतिनिधिसभाका ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सकारात्मक मानेको छ ।
राप्रपाले मुलुकको राजनीतिलाई स्थायित्व दिन कांग्रेस र एमालेबीच हुन लागेको सत्ता गठबन्धनलाई सकारात्मक मान्दै संविधान संशोधनप्रति समर्थन जनाएको हो । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न राप्रपाले मंगलबार केन्द्रीय पदाधिकारी बैठक राखेको थियो । बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनका लागि मुख्य दल र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने सहमति हुनु प्रारम्भिक रुपमा स्वागतयोग्य भएको बताउनुभयो ।
राप्रपाले लामो समयदेखि यो संविधानले काम गर्न सक्दैन र संशोधन गर्नुपर्छ भन्दै आएको अध्यक्ष लिङ्देनको भनाई छ । ‘ ‘यहीबेलामा नेपाली कांग्रेस र एमालेले नयाँ सहमति बनाएको समाचार आइरहेको छ’ उहाँले भन्नुभयो– ‘त्यो सहमतिको मूल प्वाइन्ट भनेको संविधान संशोधन रहेको छ, संविधान संशोधनका लागि मुख्य दल र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने सहमति हुनु प्रारम्भिक रुपमा स्वागतयोग्य हो ।’
अध्यक्ष लिङ्देन दुई दलबीचको समझदारी कसरी अगाडि बढ्छ ? संविधान संशोधनको प्रक्रिया कसरी अगाडि बढ्छ ? भन्ने विषयमा आफूहरु प्रतीक्षारत रहेको उल्लेख गर्नुभयो । दुई दलबीचको सहमतिले ठोस आकार ग्रहण गरेपछि मात्र आफूहरुले गठबन्धनप्रति पार्टीको धारणा बनाउने उहाँले बताउनुभयो ।
‘बाहिर सतहमा आएका विषय साँच्चिनै सहमतिका विषय हुन् कि होइनन्, त्यसमा कांग्रेस एमाले सहमत छ कि छैन त्यो देखिसकेपछि मात्र हाम्रो धारणा बनाउँछौं’ उहाँले भन्नुभयो– ‘ ‘यो सहकार्य ३ वर्षसम्म जान्छ भन्ने आम मानिसलाई लाग्न सक्छ, तर यो ६ महिनापछि परिवर्तन हुन पनि सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन