
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्न थालेपछि नेपाली कांग्रेस र नेकपा (एमाले)का बीचमा नयाँ गठबन्धन बनेको बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले संविधान जोगाउन खोजेको कि भ्रष्टाचारीलाई जोगाउन खोजेको भनेर सबैले बुझेको धारणा राख्नुभएको छ ।
‘जे भएको छ केही भन्नै पर्ने छैन। सबै कुरा स्पष्ट पाइसकेको छ। तपाईंहरूले देखिहाल्नुभएको छ। जुन ढंगले सरकार अघि बढेको थियो। तपाईंहरू नै भन्नुहुन्थ्यो, फाइल खोल्नुपर्यो, फाइल खोल्नुपर्यो। फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने गरी भयो। मैले के भन्नु र ?,’ उहाँले भन्नुभयो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेकाले हो गठबन्धन फेरबदल भएको हो भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा उहाँले बेचैनीको अरू के अर्थ होला र ? भन्दै प्रतिप्रश्न गर्नुभयो ।
‘बेचैनीको अरू के अर्थ होला र !, एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो यो सरकारलाई, संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भन्ने यति पनि बुझ्न नसक्ने, सबैले बुझेकै कुरा हो । ठीक छ अहिले मलाई केही पनि भन्न छैन। संवैधानिक प्रक्रियाहरू सुरू होला। यस पछाडि अरू कुराहरू गर्ने छँदैछ,’ उहँले भन्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ गठबन्धनमा सामेल नहुने निर्णय गरिसकेको छ। त्यस्तै तत्काल राजीनामा नदिने पनि रास्वपाले निर्णय गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा गत शुक्रबार बेचन झा पक्राउ परेका थिए। सोही प्रकरणमा त्यही दिन काठमाडौंको बौद्धबाट एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पनि पक्राउ परेका थिए। उनिहरु नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहँदै आएका थिए। झामाथि पूरक अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन