
काठमाडौँ । कांग्रेस र एमालेबीच सत्ता समीकरणमा सहमति जुटे लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेस मुख्यालय सानेपा पुग्नुभएको छ ।
पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीको अवसरमा कांग्रेस केन्द्रीय कार्यालयमा भएको फोटो प्रदर्शनीको अवलोकनको लागि प्रचण्ड सानेपा पुग्नुभएको हो ।
प्रदर्शनी अवलोकन गरेपछि प्रचण्डले कुनै राजनीतिक वक्तव्य दिनुभएन । बरु शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइरालाको अतुलनीय भूमिका रहेको भन्दै कोइरालाको प्रशंसा गर्नुभयो ।
उहाँले गिरिजाप्रसाद कोइरालासँग ५६ ५७ सालमा पहिलो पटक कुराकानी भएको प्रसंग सुनाउनुभयो । शान्ति प्रक्रियामा नजिकबाट काम गरेको पनि बताउनुभयो । गिरिजाबाबु नभएको भए को कहाँ पुग्ने, टुंगो नभएको भन्दै उहाँले गिरिजाबाबुको प्रशंसा गर्नुभयो ।’
गएराति मात्रै प्रचण्डलाई विस्थापित गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेससहितको सरकार बनाउने सहमति भएको छ । प्रचण्ड फर्किएपछि एमाले अध्यक्ष ओली फोटो प्रदर्शनी अवलोकन गर्न पुग्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन