
बाजुरा । नेपाल टेलिकमले हुम्ला, बाजुरा र बझाङको सीमा क्षेत्र स्थित रानीसैनमा भिस्याट प्रविधिमार्फत टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ ।
बाजुरा सदरमुकाम मार्तडीबाट गाडीमा एक दिन र यसपछि करिब चार दिन पैदल हिँडेर तथा हुम्ला सदरमुकाम सिमकोटबाट गाडीमा चार घण्टा र एक दिन पैदल हिँडेर यो स्थानमा पुग्न सकिने स्थानीयको भनाइ छ ।
सैपाल हिमाल क्षेत्रमा रहेको भन्दा करिब २० किलोमिटर तल लाम्पाटा र माथि पाँच हजार पाँच सय मिटर उचाइमा पुगेर मात्र मोबाइल सेवामार्फत सम्पर्क गर्न सकिने अवस्था थियो । नेपाल टेलिकम प्राविधिक सहायक रामबहादुर खातीले रानीसैन क्षेत्रका करिब ६ सय बासिन्दाले सहज तरिकाले टेलिफोन सेवा पाउने राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार हुम्लाका स्थानीय सोनाम लामाले भिस्याटमार्फत टेलिफोन सेवा सञ्चालन गर्ने अनुमति लिएपछि सेवा शुरु भएको थियो । सैपाल हिमालको काखमा अवस्थित नाम्खा, रानीसैन खासगरी चरिचरन क्षेत्र हो । यहाँ छ महिनाभन्दा बढी हिउँ पर्ने भएकाले अन्य समयमा मानिसको बसोबास हुँदैन । करिब तीन हजार छ सय मिटरको उचाइमा अवस्थित सो क्षेत्रमा सेवा सञ्चालन भएपश्चात त्यहाँ बसोबास गर्ने हुम्ला र बाजुरा दुवै क्षेत्रका बासिन्दा लाभान्वित हुने प्राविधिक सहायक खातीले बताउनुभयो ।
भिस्याट सेवा सञ्चालनका लागि आवश्यक उपकरण हुम्लाको ताँजाकोट जिमानाबाट करिब चार दिनसम्म मानिसले बोकेर रानीसैन पुर्याइएको थियो । दुर्गम तथा अतिविकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले त्यस क्षेत्रमा सेवा विस्तार गरेको हो । चालु आवमा दार्चुलाको तिंकर, रसुवाको गोसाइँकुण्ड, सङ्खुवासभाको किमाथाङ्का लगायत स्थानमा भिस्याटमार्फत सेवा सञ्चालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै