
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट फेरि विश्वासको मत सामना गर्नु हुने भएको छ ।
गठबन्धनको निर्णय दल नेकपा एमालेले अहिलेको सत्ता समीकरण फेरेर नेपाली कांग्रेससँग सहकार्यको निर्णय गरेपछि प्रधानमन्त्री दाहालले पाँचौ पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।
नेकपा माओवादी केन्द्रको सोमबा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले संसद् ‘फेस’ गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले विश्वासको मत लिने प्रक्रियाका लागि आवश्यक काम अघि बढाउने बताउनुभएको हो ।
‘प्रधानमन्त्रीले संसद् फेस गरेर विश्वासको मतको प्रस्तावमा जाने निर्णय भएको छ’ बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भन्नुभयो । वर्तमान सत्ता समीकरणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत सबै दलसँग विश्वासको मतका सम्बन्धमा छलफल गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक विकासक्रमबारे प्रारम्भिक ‘ब्रिफिङ¬’ गर्नुभएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन