
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आजदेखि ढल्दैछ ।
प्रतिनिधिसभका ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । ठूला २ दलबीच सोमबार मध्यरातमा सत्ता सहकार्य गर्ने सहमति भएसँगै प्रचण्डको प्रधानमन्त्री पद गुम्ने अवस्था बनेको हो ।
कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुले सोमबार राति ललितपुरको एक होटलमा सत्ता सहकार्यको सहमति ड्राफ्ट गरेका छन् । सहमति ड्राफ्टमा आज कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच हस्ताक्षर हुनेछ ।
बैठकमा सहभागी नेताका अनुसार प्रतिनिधिसभकाको बाँकी कार्यकालसम्म कांग्रेस र एमालेबीच प्रधानमन्त्री आलोपालो गर्ने सहमति भएको छ । दुई दलबीच पहिलो २ वर्ष एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने सहमति भएको छ । त्यसपछि निर्वाचनसम्म कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नु हुनेछ ।
दुई दलले मन्त्रालयको भागबण्डा समेत गरिसकेका छन् । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको छ । दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने सहमति समेत भएको बैठकमा सहभागी एक नेतले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन