+

एकीकृत समाजवादीमा १३ सदस्यीय अध्यक्षमण्डल बनाइयो

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले १३ सदस्यीय अध्यक्षमण्डल बनाएको छ ।  एकीकृत समाजवादी दशौँ महाधिवेशन सम्पन्न गर्न  सम्मानित नेता झलनाथ खनालको अध्यक्षतामा १३ सदस्यीय अध्यक्षमण्डल बनाएको हो । 

अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा आज बसेको महाधिवेशनको बन्दसत्रले अध्यक्ष मण्डल बनाएको हो । अध्यक्षमण्डलमा डा वेदुराम भुषाल, राजेन्द्रप्रसाद पाण्डे, घनेन्द्र बस्नेत, प्रवेश हमाल, केशवलाल श्रेष्ठ, धर्मनाथ साह, जयन्ती राई, रामचन्द्र झा, नागेन्द्र चौधरी, सावित्रा भुषाल, महबुज आलम र गणेश विक सदस्य रहनुभएको छ । 

बन्दसत्रले पार्टीका उपमहासचिव प्रकाश ज्वाला संयोजक रहनुभएको ३ सदस्सीय माइन्यूट लेखन कमिटी गठन गरेको छ । समितिका सदस्यमा डा गङ्गालाल तुलाधर र  डा विजय पौडेल रहनुभएको छ । 

यसैगरी बन्दसत्रले उपमहासचिव जगन्नाथ खतिवडा संयोजकमा  बहस नोट कमिटी  बनाएको छ ।  बहस नोटको सदस्यमा राजेन्द्र राई, रामकुमारी झाँक्री, धर्मनाथ साह, जीवनराम श्रेष्ठ, हरि पराजुली, देवसिंह महता, भविश्वर पराजुली, यादव रायमाझी, अनारकली मियाँ, अब्दुल हुसेन खाँन, सरिता खड्का र नवराज श्रेष्ठ रहनुभएको छ । 

त्यसअवसरमा अध्यक्ष नेपालले महाधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष मण्डलका अध्यक्ष खनाललाई टोपी र झोला प्रदान गरी जिम्मेवारी हस्तान्तरण गर्नुभयो । अध्यक्ष मण्डलले सम्पूर्ण महाधिवेशन सञ्चालन गर्न विभिन्न संयन्त्र बनाउने, विधान र प्रतिवेदनमाथि छलफलबाट सुझाव लिई दस्तावेज बनाएर पारित गर्ने जिम्मेवारी रहेको छ ।

त्यसअवसरमा पूर्वप्रधानमन्त्री नेपालले कम्युनिष्ट आन्दोलनमा विशिष्ट योगदान पुर्याउने पुराना कम्युनिष्ट नेताहरु सिद्धिलाल सिंह, कमल कोइराला, मोदनाथ प्रश्रित,  शम्भु शाह, रामऔतार पासवान, हुन्छेबहादुर ढुकुचु, नारायणप्रसाद वैद्य, शित्तल झा, विजयलाल श्रेष्ठ लगायतलाई सम्मान गरियो । 

१ हजार ८ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको महाधिवेशन असार २० गतेसम्म सञ्चालन हुनेछ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट