
काठमाडौँ । ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला गरिएसँगै त्यस क्षेत्रको अर्थतन्त्र चलायमान भएको छ ।
ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग पर्यटन बोर्डको संयुक्त आयोजनामा नयाँ वर्ष २०८१ का दिन उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेद्वारा ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला रहने घोषणा गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेल र दरबारमार्गलाई २४ सै घण्टा सञ्चालन गर्न आचारसंहिता बनाइ कार्यान्वयनमा ल्याएको हो । कार्यान्वयनमा आएसँगै ठमेलभित्रका होटल, रेष्टुरेन्ट, क्लब, दोहोरी, कफी सप, बर्गर हाउस, मार्ट, किराना पसल, मदिरा पसल, फलफूल पसल २४ सै घण्टा खुल्न थालेका थिए ।
ठमेलमा फलफूल पसल सञ्चालन गर्दैै आउनुभएका राज जयसवाल रात्रिकालीन समयमा फलफूल र जुसको राम्रो व्यापार हुने बताउनुहुन्छ । ‘दिनको तुलनामा रातको समय दोब्बर बिक्री हुँदै आएको छ’ उहाँले भन्नुभयो । ठमेलमा मदिरा सञ्चालन गर्दै आउनुभएका राजेन्द्र श्रेष्ठले पनि आफ्नो आम्दानी विगतभन्दा दोब्बरले वृद्धि भएको बताउनुभयो । रातको समयमा भोक लागेका व्यक्ति होस् या चिया कफीको पारखी हुन् ठमेल र दरबारमार्गमा सहजै भोक र प्यास मेटाउन सक्ने व्यवसायी बताउँछन् ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा ठमेलको रात्रिकालीन व्यवसायले विस्तारै लय लिएको बताउनुहुन्छ । ‘शुरुको समयमा ठमेलमा व्यापार व्यवसाय गर्न निश्चित समय तोकिएको थियो, २४ सै घण्टा सञ्चालन भएसँगै व्यवसायी निर्धक्क भएर व्यवसाय गर्न पाएका छन्’ उहाँले भन्नुभयो ।
अध्यक्ष शर्माले अर्को सिजनमा ठमेलका अधिकाशं रात्रिकालीन सपिङ सेन्टरहरु खुल्ने र राति दुई बजेसम्म ठमेल ‘बिजनेश हब’का रुपमा चलायमान हुने बताउनुभयो । ठमेलभित्र १० हजारभन्दा बढी व्यवसायी तथा घरधनी छन् । यस क्षेत्रले करिब एक लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।
रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) का अध्यक्ष सङ्घर्ष विष्ट ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्नु सकारात्मक भएको बताउनुहुन्छ । ‘ठमेल र दरबारमार्गभित्रको अर्थतन्त्रलाई चलायमान बनाउन यस किसिमका गतिविधिले सहयोग पुग्नेछ’ उहाँले भन्नुभयो । रेवानमा आवद्ध रेष्टुरेन्ट तथा बार अर्को पर्यटकीय सिजनबाट २४ सै घण्टा सञ्चालन गर्ने अध्यक्ष विष्टको भनाइ छ । जिल्ला प्रशासनले ठमेल र दरबारमार्ग क्षेत्रलाई रात्रिकालीन समयमा समेत सुरक्षा व्यवस्था मजबुद बनाएको छ ।
ठमेल र दरबारमार्ग क्षेत्र सञ्चालन गर्न तयार गरिएको विशेष सुरक्षा योजनाभित्र पर्यटक प्रहरीलाई व्यवस्थित र प्रभावकारी बनाइने उल्लेख छ । ठमेलभित्र व्यवसायी मात्रै नभइ स्थानीय बासिन्दाको पनि बसोबास भएकाले कुनै असर नपर्नेगरी व्यवस्था मिलाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त रजौरे ठमेल र दरबारमार्गको सुरक्षा अवस्थालाई मजबुद बनाइएको बताउनुहुन्छ । ‘रात्रिकालीन व्यवसायको सिलसिलामा हुनसक्ने आपराधिक गतिविधि रोक्न सादा पोशाकमा प्रहरी परिचालन गरेका छौँ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन