
काठमाडौँ । सत्ता गठबन्धनको निर्णयक दल नेकपा एमाले नेतृत्वले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापतिसँग हिमचिम बढाउन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ झस्किन थाल्नुभएको छ ।
एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति देउवासँग शनिबार भेटवार्ता गर्नुभएको थियो । ओली निवास बालकोटमा भएको भेटवार्ताको सहमति, निर्णय तथा योजना दुवै पक्षले अहिलेसम्म गोप्य राखेका छन् । यद्यपि ओली र देउवाबीच मुलुकको अवस्था, राजनीति र सरकारको कार्यशैलीबारे गहन छलफल भएको अनुमान गरिएको छ । ओली र देउवाबीच धैरै समयपछि आकस्मिक रुपमा भएको भेटवार्ताले कतिपयले सत्ता समीकरण फेरबदल हुनसक्ने आंकलन समेत गरेका छन् ।
एमाले अध्यक्ष ओलीले कांग्रेस सभापतिसँग गरेको भेटवार्तापछि प्रधानमन्त्री दाहाल सशंकित बन्नुभएको छ । एमाले अध्यक्षको देउवासँगको भेटवार्ता पछि प्रधानमन्त्री दाहालले ओलीसँग छलफल थाल्नुभएको छ । देउवासँगको भेटवार्ता लगत्तै प्रधानमन्त्री दाहालले आइतबार एमाले अध्यक्ष ओलीसँग छलफल गर्नुभएको थियो ।
आज बिहान बालुवाटारमा भएको छलफलमा उहाँहरुबीच सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयका अतिरिक्त मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन